राजनीति


सरकारमा जान तँछाडमछाड गरेका छैनौँ : पौडेल

सरकारमा जान तँछाडमछाड गरेका छैनौँ : पौडेल

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १७:३५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै इच्छा  नरहेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सरकारमा जानको लागि आफूहरूले तँछाडमछाड नगरेको समेत स्पष्ट पारे। 

‘अहिले सरकारमा जाने कुरा छैन, सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौँ,’ पौडेलले भने, ‘नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न।’ 

उनले थपे, ‘प्राधिकरणको कुरा आयो, एक स्वरले उहाँहरू बोल्न सक्नुहुन्न। गभर्नर नियुक्तिको कुरा आयो, उहाँहरू एक स्वरले बोल्न सक्नुहुन्न। यसले देखाउँछ भने उहाँहरू सरकारको निम्ति सरकार, जनतालाई सरकार होइन, सरकारको निम्ति सरकार र आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि सरकार बनेको प्रस्ट छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad