‘छिमेकमा यत्रो घटना घटेको छ, तपाईं चुप लागेर बस्न मिल्छ र?’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पयर्टन समितिका सदस्य तथा पूर्वसभापति प्रभु साहले बिहिबार दिउँसो नेपालखबर ‘तत्कालै’मा भने, ‘छिमेकमा आगो लाग्दा मान्छे सुतेर बस्छ? खालि यसको असर भारत र पाकिस्तानमा मात्रै पर्ने हो र? हाम्रो देशमा पनि पर्छ होला। भारत–पाकिस्तानको तनाव भइरहँदा भारतीय नेता किन नेपालमा आएर भेट्छन् र आफ्नो सरोकार राख्छन्? पक्कै नेपालको भूमिका छ भनेरै त होला। यो कुरालाई हामी सानो मान्छेले बुझिराखेको छौँ भने हाम्रा नेताहरूले नबुझेका होलान् र? बुझेर नबुझेजस्तो गर्नु उचित होइन।’
कतिपय मुलुकले युद्ध हुन नदिन भारत–पाकिस्तानबीच मध्यस्थता गर्ने प्रयास पनि थालेका छन्। तर सार्कको अध्यक्ष रहेको नेपालले बिहीबार साँझ मात्रै भारत र पाकिस्तानबीच बढ्दै गएको तनावप्रति चिन्ता व्यक्त गरेको छ र भारतको आतंकवादविरुद्धको लडाइमा साथ रहेको बताएको छ।

प्रतिक्रिया