राजनीति


खुकुलो हुँदै लकडाउन, आजदेखि उद्योग सञ्चालन गर्न सकिने (भिडियो)

खुकुलो हुँदै लकडाउन, आजदेखि उद्योग सञ्चालन गर्न सकिने (भिडियो)

नेपालखबर
चैत २०, २०७६ बिहिबार १४:११,

आज (शुक्रबार) देखि उद्योग, कलकारखाना सञ्चालन गर्न सकिने भएको छ। कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले स्थानीय तहको समन्वयमा उद्योग कलकारखाना सञ्चालन गर्न सकिने निर्णय गरेको हो।

स्थानीय तहको समन्वयमा सजगता अपनाई उद्योगहरु सञ्चालन गर्न सकिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले बिहीबार जानकारी दिए।

उनका अनुसार बाहिरका कामदार ल्याउन नमिल्ने तर, स्थानीय स्तरमा रहेका तथा स्वदेशी कामदारहरु परिचालन गरि उद्योग सञ्चालन गर्न पाइने छ।

त्यस्तै हिउँदे बाली थन्काउने समय र वर्षेबाली लगाउने समय समेत भएकोले कृषि कार्य पनि गर्न सकिने गरि निर्णय भएको उनले जानकारी दिए।

त्यसमा स्थानीय स्तरका कामदारहरु प्रयोग गर्न सकिने छ।

खाद्यवस्तु, इन्धन आपूर्तिमा असजह नहोस् भनेर ढुवानीलाई सहज र नियमति आपूर्ति गर्न सहजिकरण गर्ने निर्णय भएको पनि उनले बताए।

यस्तै, सरकारले मुलुक भित्र रहेको वस्तुको मौज्दात र आपूर्तिको मुल्याङ्कन गर्ने भएको छ।

यसैगरी ठूला आयोजनाको काम पनि अघि बढाउन सकिने भएको छ। बाहिरी कामदारलाई ल्याउन नपाइने तथा देश भित्र रहेका कामदारलाई साबधानी अपनाई काम गराउन सकिने निर्णय भएको छ।

तामाकोशी हाइड्रोपावर तथा मेलम्ची खानेपानी आयोजना देशको लागि महत्वपूर्ण रहेको भन्दै त्यसमा काम गर्न सकिने प्रवक्ता खतिवडाले बताए।

सीमामा रहेका नेपालीहरुलाई लकडाउनको सयम पछि मात्र नेपाल पस्न दिने गरी निर्णय भएको र त्यो समयसम्मको लागि धैर्य गर्न पनि उनले आग्रह गरे।

 भिडियोः प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad