संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई वैशाख १७ गते गरिएको गैरकानुनी गिरफ्तारीमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
बुधबार बसेको मोर्चाको बैठकले मधेश जनविद्रोह, आन्दोलन, किरात लिम्बुवान आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजवन्दीहरूलाई बिना सर्त रिहाई तथा झुठा मुद्दा लगाइएकाहरूको मुद्दा खारेज गर्न माग गरेको छ।
साथै, नेपाल सरकारद्वारा विभिन्न आन्दोलनरत पक्षसँग विभिन्न समयमा गरिएका सम्झौताहरूलाई तत्काल कार्यान्वयन गर्न समेत माग गरेको छ।
सङ्घीय लोकतान्त्रिक मोर्चाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा वैशाख ९ गते भारतको काश्मीर स्थित पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरिएको छ।
साथै, सो आक्रमणमा मारिएका सुदिप न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
Shares

प्रतिक्रिया