राजनीति


नीति तथा कार्यक्रम बोरिङ छ : कांग्रेस सांसद राणा

नीति तथा कार्यक्रम बोरिङ छ : कांग्रेस सांसद राणा

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १६:३४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सरकारले प्रस्तुत गरेको नीति तथा ‘बोरिङ’ रहेको टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नीति तथा बजेट संवाद कार्यक्रममा उनले एआई विधेयक ल्याउने भन्ने कुरा भने नयाँ भएको उल्लेख गरे।

‘यो नीति तथा कार्यक्रम धेरै बोरिङ छ, यसमा केही पनि नयाँ छैन,’ राणाले भने, ‘त्यो सत्य हो। एउटा के नयाँ छ भने एआईलाई विधेयकमा ल्याउने भन्नेकुरा छ। एआई विधेयक हामीले पनि बुझेको छैन, विदेशीहरुले पनि बुझेको छैन। गरि हाले भने त झन भद्रगोल हामीले बनाउँछौँ।’ 

नीति तथा कार्यक्रमले पुराना कार्यक्रमलाई निरन्तरता दिएको उनले जिकिर गरे। ‘हामी नीति बनाउँछौँ तर कार्यान्वयन गर्दैनौँ,’ राणाले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयमा यति धेरै ब्यागेस छ। आजको दिनसम्म पनि ठेकदारहरुले अर्थ मन्त्रालयमा गएर लाइन बसेर पैसको निम्ति लाइन बसिरहेका छन्। धेरै पोलिसी प्रोग्राम अनाउन्स गरेर पनि यसको उपलब्धि नहोला की भन्ने त्यो मेरो एउटा धारणा पनि हो।’

सांसद जबराले दुई तिहाईको सरकारले केही बढी जोखिम लिएर भएपनि राम्रो बजेट ल्याउनुपर्ने सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad