राजनीति


सार्वजनिक उद्योगलाई निजीकरण गर्ने निर्णयविरुद्ध नेकपा बहुमतको विरोध (तस्बिरहरू)

सार्वजनिक उद्योगलाई निजीकरण गर्ने निर्णयविरुद्ध नेकपा बहुमतको विरोध (तस्बिरहरू)

सौगात दाहाल
बैशाख २४, २०८२ बुधबार १४:२७, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले केही सार्वजनिक उद्योगलाई निजीकरण गर्नलागेको भन्दै रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधसभा आयोजना गरेको छ। 

यही वैशाख १५ को मन्त्रिपरिषद् बैठकले जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट, गोरखकाली रबर उद्योगलगायतको लगानी व्यवस्थापनसम्बन्धी निर्णय गरेको थियो। 

त्यसको विरोध गर्दै उक्त पार्टीले सो निर्णय खारेज गर्न माग गरेको हो।

राष्ट्रिय उद्योगहरुलाई निजीकरण अन्त्य गर, राज्यको नेतृत्वमा ठूला उद्योगहरु स्थापना गर, प्रत्येक वडामा सरकारी उद्योग स्थापनाको नीति तुरुन्त लागू गर, उद्योगधन्दाको निजीकरण बन्द गर, युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर, दलाल संसदीय व्यवस्था मूर्दावादलगायतका नारासहितका प्लेकार्डसहित पार्टीले विरोधसभा गरेको हो। 

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad