राजनीति


नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ सङ्कल्प आउन सकेन: माओवादी सचिव पौडेल

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ सङ्कल्प आउन सकेन: माओवादी सचिव पौडेल

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १४:२१, काठमाडौँ

नेकपा ‍(माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राष्ट्र निर्माणको लागि दृढ सङ्कल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भए पनि त्यस्तो आउन नसकेको बताएका छन्। 

मंगलबारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै पौडेलले केही कार्यक्रमका लागि भने धन्यवाद दिए। 

सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशीलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, विद्यार्थीका लागि पढ्दै कमाउँदै, नागरिक एप्स, इ गभर्मेण्ट बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैङ्किङ प्रणाली जस्ता विषयहरू राखेकोमा धन्यवाद दिए। उनले यसअघिको नीति तथा कार्यक्रमका कारण ६ सय ६१ स्टार्टअपले लोन पाएको बताए। 

सांसद पौडेलले भने, ‘आज नीति तथा कार्यक्रम छलफल हुँदैछ, पास कहिले हुने हो। पहिलाका केही कार्यक्रमहरूमा रि–प्याकेजिङ गरेर ०८२/०८३ को नीति तथा कार्यक्रममा स्टिकर टाँसिएको छ। सबै कुरा पहिलाको कार्यक्रममा छ। राष्ट्र निर्माणको लागि दृढ सङ्कल्प आउनुपर्दथ्यो, नीति तथा कार्यक्रममा।’

सांसद पौडेलले सिक्ने किसिमको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad