राजनीति


यो सरकारको विकल्प त खोज्नुपर्छ, तर विकल्प खोजेर पार लाग्दैन : नेपाल

यो सरकारको विकल्प त खोज्नुपर्छ, तर विकल्प खोजेर पार लाग्दैन : नेपाल

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १७:५९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन्। 

सोमबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको आरोप लगाए।

‘सरकार फेरबदल भन्दा पनि परम्परा धान्ने गरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रस्तुत गरिएको छ, नेपालले भने, ‘विगतमा जसरी सरकार परिणामबिहीन थियो, अब उद्देश्यबिहीन पनि भएको अवस्था छ।’

उनले थपे, ‘यो सरकारको विकल्प त खोज्नुपर्छ। तर विकल्प खोजेर पार लाग्दैन। किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ। दुई वटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन।’

अध्यक्ष नेपालले सरकार गतिहीन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad