राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले वर्तमान अवस्थामा गणतन्त्रलाई जोगाउनुपर्ने औँल्याएकी छन्।
अग्रगामी व्यवस्थामा जान सक्ने अवस्था नहुँदासम्म लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने पौडेलको भनाई छ।
राष्ट्रिय जनमोर्चा, प्युठानले गौमुखी गाउँपालिका ठुलाबेसीमा आयोजना गरेको ‘प्रतिगामी खतराका विरुद्धको विरोधसभा’लाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएकी हुन्।
देशमा शासकको जनपक्षीय चरित्र नभए पनि गणतन्त्रको विकल्प नभएको उनले बताइन्।
‘अहिले लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन। यो भन्दा अग्रगामी व्यवस्था नहुँदासम्म लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्छ’ पौडेलले भनिन्, ‘प्रतिगामी अवस्थातर्फ कुनै पनि हालतमा फर्कन दिनु हुँदैन। राजतन्त्रतर्फ फर्किनुभन्दा गणतन्त्र नै अग्रगामी व्यवस्था हो।’
उनले गणतन्त्र रक्षाको विषयलाई लिएर राजमोले देशव्यापी अअभियान चलाएको बताइन्।
सभालाई नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसी, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसीले सम्बोधन गरेका थिए।
सभाअघि ठुलाबेसीमा जुलुस प्रदर्शन गरिएको थियो।
जनमोर्चाले पालिका तहमा गणतन्त्र रक्षाका लागि विभिन्न कार्यक्रम गरिरहेको छ।
Shares

प्रतिक्रिया