राजनीति


अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री

अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १८:२, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन निर्माणमा ढिलाइ भएको बताएकी छन्।

नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन्। संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ। 

उनले सरकारको स्थायित्वको अभावले नीतिगत काममा समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार चलाउनुपरेको दाबी गरिन्। उनले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गरिन्।

उनले भनिन्, ‘एनआरएन नागरिकता दिन ढिलो भएकै हो। अहिले स्थायी सरार आयो कि भनेर अलिकति गति पक्रेको चाहिँ छ। संविधान निर्माणपछि बीचका सरकारले गैरआवासीय नागरिकताको विषयमा ध्यान पुर्याउन नसकेको हो। सरकार एकदमै अस्थायी र अस्थिर हुने, एउटा सरकारले गति लिन थाल्यो कि अर्को सरकार बन्ने यो कारणले पनि अहिले दुईवटा ठूलो र प्रतिष्पर्धी दलहरु नै मिलेर सरकार बनाउनुपरेको कारण पनि यही हो।’

उनले गैरआवासीय नागरिकताको अधिकारका विषय कानुनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताइन्।

उनले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad