राजनीति


सत्ता गठबन्धनको बैठकमा गएनन् गगन थापा

सत्ता गठबन्धनको बैठकमा गएनन् गगन थापा

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८२ बुधबार १२:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सत्तापक्षीय राजनीतिक दलको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा अनुपस्थित भएका छन्। 

केही दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि अनुपस्थित रहेका थापा सत्तापक्षीय दलको आजको बैठकमा पनि अनुपस्थित भएका हुन्। 

थापाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भनेर आलोचना गर्दै आएका छन्। 

केही दिनअघि उनले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको आरोप लगाएका थिए। थापाको यस अभिव्यक्तिबाट प्रधानमन्त्री ओली पनि रुष्ट छन्। एमाले नेताहरूले थापाको उक्त अभिव्यक्तिको आलोचना गरिरहेका छन्।

यही वैशाख १९ गते संघीय संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad