राजनीति


राष्ट्रपति पौडेलले शुक्रबार सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले शुक्रबार सदनलाई सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १७:३३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी दिएका हुन्। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाएका थिए।

उनका अनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्।

राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई पौने ३ बजे नै आफ्नो आसन ग्रहण गरिसक्न पनि सभामुखले सूचित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad