राजनीति


राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्यर्वहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्यर्वहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

फाइल तस्बिर


नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १२:२६, काठमाडौँ

रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुव्यर्वहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद् झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए। उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे। 

‘रविन्द्र मिश्रज्यूको व्यवहार र विचारप्रति मेरो सहमति नहोला। तर उहाँमाथि राज्यले गरिराखेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ। त्यो व्यवहारमा सरकार सच्चियोस्। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यही १४ गते काठमाडौँमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पु¥याएँ। उहाँलाई धन्यावाद छ, स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ। आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला। ’

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको भन्दै उनले प्रश्न समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad