नेपाली कांग्रेसका नेता शेखर कोइरालले शिक्षक आन्दोलनमाथि प्रहरी बल प्रयोग गर्नु कुशासनको उदारण भएको टिप्पणी गरेका छन्।
प्रहरी झडपमा शिक्षक घाइते भएपछि समाजिक सञ्जालमा विचार व्यक्त गदै उनले एक महिना बित्दासमेत सरकारले समधान दिन नसकेको आरोप लगाएका छन्।
‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो,’ कोइरालाले लेखेका छन्, ‘पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ। कक्षा १२ को परीक्षा समेत सरेको छ। यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो। अब धेरै ढिला भयो। एक दुई दिन मै समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’
Shares

प्रतिक्रिया