सुदूरपश्चिम


परिवारसहित भारत गएका कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह गाडी दुर्घटनामा

परिवारसहित भारत गएका कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह गाडी दुर्घटनामा

गोकुल जोशी
बैशाख १४, २०८२ आइतबार १६:२८, कञ्चनपुर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह मनु दुर्घटनामा परेर घाइते भएका छन्। भारतमा जिपमा दुर्घटनामा हुँदा सवार महामन्त्री शाहसहित ६ जना घाइते भएका हुन्।

भारतको खिरी जिल्लाको खुटारमा बसले उनीहरु सवार कारलाई ठक्कर दिएको थियो। बसको ठक्करले जिपको अगाडिको भाग क्षतिग्रस्त छ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए। शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो। 
उनीहरुको त्यहाँ उपचार भइरहेको छ। महामन्त्री शाहको अवस्थामा खतरामुक्त छ। 

अन्य तीन घाइतेलाई धनगढी ल्याईदैछ। परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी दुर्घटनामा परेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad