राजनीति


‘पोखरा विमानस्थलको धावनमार्गभन्दा लामो भ्रष्टाचारको लिस्ट बनेछ’

‘पोखरा विमानस्थलको धावनमार्गभन्दा लामो भ्रष्टाचारको लिस्ट बनेछ’

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ भन्दै सरकारलाई प्रश्न गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै यस्तो चुनौती दिएका हुन्। 

उनले उच्च स्तरीय सशक्त न्यायिक समिति बनाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा मुछिएकाहरू कारबाही गर्न सरकारलाई आग्रह गरे।

'२०७१ सालमा प्रधानमन्त्रीज्यु तपाईंले नै निर्माण सम्झौता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २०७९ मा उद्घाटन सम्पन्न भयो। तर आजसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन सकेको छैन। २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको विषय संसदको लेखा समितिले उजागर गरेको तथ्य बाहिर आएको छ,' उनले भने, 'त्यति मात्रै होइन, प्रधानमन्त्रीज्यू, विमानस्थलमा आवश्यक लम्बाइको धावन मार्ग बन्न सकेन तर धावन मार्गभन्दा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै अन्तर्राष्ट्रिय जगतले सिरिजमा यो विषय बारम्बार उजागर गरिरहेको छ।'

प्रधानमन्त्रीले भ्रष्टाचार आफू पनि नगर्ने र अरुलाई पनि गर्न दिन्न भनेको स्मणरण गर्दै पराजुलीले आँखामा छारो हाल्ने काम नगर्न भनेका हुन्। 

'नाकैमुनी भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि उच्च स्तरीय सशक्त न्यायिक समिति गठन गरेर यो परियोजनामा भएको सबै किसिमको भ्रष्टाचार र अनियमितताको छानबिन गरेर भ्रष्टाचारमा जोडिएका सबैलाई कानुनी कठघरामा उभ्याएर विमानस्थल नियमित रूपमा सुचारु गराउने प्रतिवद्धता जाहेर गर्ने हिम्मत छ?' उनले सोधे। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad