राजनीति


एमालेले ढोका बन्द गर्‍यो, माधव नेपालसँग वार्ता सुरु भएको छ: वामदेव गौतम

एमालेले ढोका बन्द गर्‍यो, माधव नेपालसँग वार्ता सुरु भएको छ: वामदेव गौतम

फाइल तस्बिर केपी ओली, वामदेव गौतम र माधव नेपाल


नेपालखबर
बैशाख १३, २०८२ शनिबार ११:५३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि वार्ता भइरहेको बताएका छन्। 

राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता सुरु भएको बताएका हुन्। 

‘पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिस्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा एकीकृत समाजवादीसँग एकताका निम्ति छलफल भइरहेको छ’, एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले रासससँगको अन्तर्वार्तामा भनेका छन्, ‘अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरु भएको छ।’

यसअघि पार्टी एकताका लागि नेकपा एमालेसँग पहल गरेको तर उसले पहिले आऊ भनेर पछि ढोका बन्द गरेको गुनासो पनि गौतमले गरेका छन्।  

‘केही समय पहिला नेकपा एमालेसँग पार्टी एकताका निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो’, उनले भनेका छन्, ‘त्यहीअनुसार तयार भइयो, उहाँहरूले नै ढोका बन्द गर्नुभयो।’

आफ्ना लागि दुवै पार्टी एमाले नै भएको पनि उनले बताएका छन्।  

उनले भनेका छन्, ‘मेरा निम्ति नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पनि एमाले नै हो। किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad