राजनीति


राप्रपा नेता मिश्रको रिहाइका लागि राप्रपा नेपालले प्रदर्शन गर्ने

राप्रपा नेता मिश्रको रिहाइका लागि राप्रपा नेपालले प्रदर्शन गर्ने

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १७:५६, काठमाडौँ

गएको चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतको रिहाइका लागि राप्रपा नेपालले प्रदर्शन गर्ने भएको छ।

वैशाख १५ गते भृकुटिमण्डपमा विरोध प्रदर्शन आयोजना गरिएको राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले जानकारी दिए।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चैत १५ गते तीनकुनेमा भएको घटनाको वहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ। उनीहरू अपराधी होइनन्। हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको विचारको संवाहक हुन्। आस्थाका योद्धा हुन्। उनीहरू बेवारिसे छैनन्। सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाइको निम्ति प्रतिवद्धत छौँ, एक छौँ भन्ने सन्देश दिन वैशाख १५ गते १ः३० बजे काठमाडौँको भृकुटीमण्डप जाऔँ।’

चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको र आगजनी, लुटपाट तथा तोडफोड भएपछि प्रहरीले सो घटनामा जिम्मेवार ठहर्याउँदै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमसेर राणा र आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलगायतलाई पक्राउ गरेको थियो।

धवल शमशेर भने उपचारका लागि भारत जानुपर्ने भएपछि गत आइतबार छाडिएको थियो। उनी बुधबार नै भारत गइसकेका छन्।

मिश्र र प्रसाईंलगायत अहिले पनि हिरासतमै छन्। उनीहरूमाथि विभिन्न मुद्दा लगाउते तयारी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad