समाज


कालिगण्डकी गाउँपालिकाको चेतावनी: वैशाख १४ सम्म विद्यालय नआउने शिक्षकले राजीनामा दिनू

कालिगण्डकी गाउँपालिकाको चेतावनी: वैशाख १४ सम्म विद्यालय नआउने शिक्षकले राजीनामा दिनू

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १७:५९, काठमाडौँ

शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनमा छन्। पठनपाठन ठप्पपारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ। 

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि  अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्। 

उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। 

शिक्षकहरू शिक्षक महासंघको आह्वानमा आन्दोलनमा होमिएका छन्। आजमात्रै नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकलाई वार्ताका लागि डाकेका थिए। तर सिंहदरबार गेटमा पुगेका शिक्षकलाई प्रवेश पास नदिएपछि आजको वार्ता भाँडिएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad