राजनीति


एनआरएनएलाई दलीयकरणबाट मुक्त गरौँ: गगन थापा

एनआरएनएलाई दलीयकरणबाट मुक्त गरौँ: गगन थापा

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १७:१८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई दलीयकरणबाट मुक्त गर्नुपर्ने बताएका छन्। 

डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले विवाद अन्त्यका लागि सर्वपक्षीय रूपमा एकताको अधिवेशन हुनुपर्ने बताए। 

एकता महाधिवेशन वास्तवमै एकताकै लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने उल्लेख गर्दै थापाले भने, 'एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु, यसलाई गैरराजनीतिक बनाउनुपर्छ र दलीयकरणबाट मुक्त गर्नुपर्छ।'

गैरआवासीय नेपाली ऐनको सन्दर्भमा संशोधन आवश्यक रहेकाले केही नेपाल ऐन संशोधनको मार्फत अघि बढाउन आफूले सुझाव दिएको थापाले जानकारी गराए। एनआरएनएकै तर्फबाट मस्यौदा ल्याउन आग्रह गर्दै उनले अब बस्ने सदनबाट त्यसलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता जनाए। 

डा. केसीले १८ महिना बितिसक्दा पनि गैरआवासीय नेपाली नागरिकता पूर्ण कार्यान्वयन नहुँदा आफूहरू समस्यामा परेको गुनासो गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad