राजनीति


ओलीविरुद्ध बालुवाटारमा नेविसंघको प्रदर्शन, नारा— ‘प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्‍यै’

ओलीविरुद्ध बालुवाटारमा नेविसंघको प्रदर्शन, नारा— ‘प्रधानमन्त्री बोलेको बोल्यै, विद्यार्थी हेरेको हेर्‍यै’

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १८:३१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुसाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य पारेको र शिक्षकका माग पूरा गर्न तत्परता नदेखाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको जनाएको छ।  

प्रधानमन्त्रीविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शन गरेका नेविसंघका नेही नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेविसंघका नेताहरू विनोदराज जोशी, विवेक आचार्य, उपशना अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै नेविसंघ आरआर इकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेता सुमीत भट्टराई, मनीष भट्टराई, आदर्श तिवारी र हिमाल विष्ट प्रहरी नियन्त्रणमा छन्।  

उनीहरूले ‘त्रिभुवन विश्वविद्यालयको भीसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोइ?, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन?, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्‍यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए। 

सरकारको कामकारबाहीमा सत्तासाझेदार दल कांग्रेसका नेताहरूले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरिरहेको बेला भ्रातृ संस्थाका नेताहरू पनि प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन्।  

नेविसंघ केन्द्रीय प्रवक्ता सुरज सेजुवालले प्रहरी नियन्त्रणमा भएकाहरूलाई तत्काल रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक अधिकार भएको पनि बताएका छन्।  

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad