समाज


सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १८:३४, काठमाडौँ

सशस्त्र प्रहरी बलका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। बिहीबार गृहमन्त्री रमेश लेखकले १२ डीआईजी र ११ जना एसएसपीको सरुवा गर्ने निर्णय गरेका हुन्। 

एसएसपी मनिष थापा बराह बाहिनी सुनसरीबाट कार्य विभागमा सरुवा भएका छन्। कमलप्रसाद तिउसिनालाई बिन्ध्यावासिनी बाहिनी रुपन्देहीबाट खेलकुद तथा शारिरीक सुगठन शिक्षालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। 

यस्तै सुधिरजंग थापा बराह बाहिनी सुनसरी, माधवप्रसाद पौडेल भण्डार महाशाखा, उद्धवबहादुर न्यौपाने हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, राजेन्द्र खड्का एपीएफ इन्टेलिजेन्स ब्युरो र किरण ढुंगानालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा सरुवा गरिएको छ। 

सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा, ६ प्रदेशमा प्रमुख परिवर्तन

रविनराज कर्णजीत सीमा सुरक्षा विभाग, भरत खनियाँ विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, विकास घिमिरे प्रबन्ध महाशाखामा सरुवा भएका छन्।

जहरसिंह बुढामगरलाई काकार्य विभागबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा सरुवा गरिएको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad