प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
अवकाशप्राप्त कर्मचारीले राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने र ७० वर्ष पुगेपछि सामाजिक सुरक्षाभत्ता समेत लिने गरेको उनको दाबी छ।
‘यदि राजनीतिक अथवा अन्य कुनैपनि नियुक्तिमा गयो भने ‘पेन्सनप्राप्त’ कर्मचारीले दुईवटामध्ये कुन धेरै हुन्छ त्यो लिओस्,’ पाण्डेको भनाइ छ, ‘त्यो उसको आफ्नो विषयवस्तु भयो। दुई वटा, तीनवटा लिन पाउँदैन। उपसमितिमा पनि राजनीतिक नियुक्ति लिएर पनि सुविधा लिने, निवृत्तिभरण पनि लिने, कतिपय त गाउँमा गएर ७० वर्ष पुगेपछि सामाजिक सुरक्षाभत्ता पनि लिने यस्ता पनि कुराहरु आएका छन्। यो व्यवस्थित छैन। एउटा मात्र सुविधा लिने व्यवस्था गरिनु पर्दछ।’
यसअघि नै मन्त्रिपरिषद्ले पनि सेवानिवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदिने निर्णय गरेको भएपनि त्यो निर्णय पूर्णरूपमा कार्यान्वयन भएको छैन।
Shares

प्रतिक्रिया