राजनीति


अर्थसचिव उपाध्यायको प्रस्ताव: निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष गरौँ

अर्थसचिव उपाध्यायको प्रस्ताव: निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष गरौँ

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १६:२७, काठमाडौँ

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामतीलगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउनुपर्ने बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने बताएका हुन्।  

उनले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ करोड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे। उनले सहसचिवको बढुवालाई समयवद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताए।

‘अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो। यसले निर्णयको तह पनि बढाउँछ र खर्च पनि बढाउँछ। ३० वटा अतिरिक्त सचिव हुँदा वार्षिक रुपमा ७ करोड जति खर्च बढ्दो रहेछ। र अर्को कुरा, हामीले यहाँ जति छलफल गरे पनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौं,' उनले भने, 'किनभने सहसचिव ११ देखि १२ वर्षमा सचिवमा बढुवा हुन्छन्। सहसचिवको बढुवालाई समयबद्ध गराउने दृष्टिले अतिरिक्त सचिव आएको होजस्तो लाग्छ। र त्यसलाई व्यवस्थापन गर्न सचिव र मुख्य सचिवको १/१ वर्ष समयावधि घटाउने कुरा छ। त्यसले यसको व्यवस्थापन हुन्छजस्तो लाग्छ।'

अतरिक्त सचिवको व्यवस्था नगर्नु नै उपयुक्त हुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad