राजनीति


११ बुँदे माग राख्दै राज्यव्यवस्था समितिको कार्यालय घेर्न पुगे कर्मचारी

११ बुँदे माग राख्दै राज्यव्यवस्था समितिको कार्यालय घेर्न पुगे कर्मचारी

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १३:८, काठमाडौँ

निजामती कर्मचारीहरूले संसदको राज्यव्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ गरेका छन् । उनीहरूले शुक्रबार बिहान कार्यालय घेराउ गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ गरेका हुन् ।

उनीहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापनपत्र पनि बुझाएका छन् । उनीहरूले निजामति कर्मचारी भन्नाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्ने भन्ने विषय परिभाषामा समेट्नुपर्ने माग राखेका छन् ।

साथै, ट्रेड युनियनको व्यवस्था, कुनै पनि पदमा ५ वर्ष सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि, अस्थायी करारमा काम गरेक कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नेलगायतका ११ बुँदे माग राखेका छन् । 

ज्ञापन पत्र बुझ्दै खतिवडाले भने, 'निजामती कर्मचारीहरू राज्यको स्रोत र साधनले भ्याएसम्म सुविधाहरूलाई व्यवस्थित गर्ने गरी कानून ल्याइने प्रतिवद्धता जाहेर गर्न चाहन्छु। राज्यको अवस्थाबारे हामी भन्दा जानकार तपाईंहरू हुनुहुन्छ। यो व्यवस्था र संविधानलाई निर्माण गर्न तपाईंहरूको जति ठूलो भुमिका थियो, यसको संरक्षण गर्न र बचाउन राख्न अझ महत्वपूर्ण भुमिका हुने विश्वास लिएका छौँ। के गर्नसक्छौँ, सक्ने जतिको काम गर्ने विश्वास दिलाउन चाहन्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad