राजनीति


नेपालमा पूर्वराजाको कुनै अस्तित्व छैन: महन्थ ठाकुर

नेपालमा पूर्वराजाको कुनै अस्तित्व छैन: महन्थ ठाकुर

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १६:३३, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन्। 

बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरेका हुन्।

उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ-ठाउँमा हिँड्ने गरेको र फागुन ७ गते तथा नयाँ वर्षको अवसरमा शाहले दिनुभएको शुभकामनाप्रति उनले असन्तुष्टि जनाए। 

चैत १५ गतेको राजावादीको प्रसंग झिकेर ठाकुरले त्यसलाई मान्छेहरूले आफ्नो अनुकूलमा व्याख्या गरिरहेको बताए। 

'इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन। घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस-प्रदर्शन भयो यो सही हो। तर अरु कुरा आफ्नो-आफ्नो मूल्यांकन छ। यो सबै मिलाएर इतिहास हुन्छ,' उनले भने, 'राजावादी आफ्नो व्याख्या गरिरहेका छन् अरु आफ्नो व्याख्या। राजा त गइसकेका हुन्। उनी छँदै थिएनन्। उनको अस्तित्व नै छैन। तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन्। ठाउँमा ठाउँमा उपस्थित भएका छन्। फागुन ७ गतेको उनको बक्तव्य त्यत्तिकै आपत्तिजनक छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad