राजनीति


मधेसका पूर्वप्रमुख राजेश झाविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु

मधेसका पूर्वप्रमुख राजेश झाविरुद्ध यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १६:३३, काठमाडौँ

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ। 

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँको महिला सेलमा उजुरी परेपछि अनुसन्धान अगाडी बढाएको हो।

झाविरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिइसकेको प्रहरी स्रोतले बताएको छ। 

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले यस विषयमा अनुसन्धान भइरहेको बताए।

अनुसन्धान अगाडी बढेपछि झा भने मोबाइल बन्द गरेर फरार छन्। उनी भारत भागेको प्रहरीको आशंका छ। 

झा २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए।

नेकपाभित्रको विवादका कारण तिलक परिवारलाई पदमुक्त गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। तर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि झालाई पदमुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad