राजनीति


पाँच प्रतिशत जनमत नभएकाले सत्ता कब्जा खोजेका छन्: प्रधानमन्त्री ओली

पाँच प्रतिशत जनमत नभएकाले सत्ता कब्जा खोजेका छन्: प्रधानमन्त्री ओली

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८२ मंगलबार १८:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले सत्ता कब्जा गर्न खोजेको टिप्पणी गरेका छन्। मंगलबार दक्षिण एसियाली किसान फेरेडेसनको दोस्रो सम्मेलन समारोहलाई सम्बोधन गर्दै अधिकतम पाँच प्रतिशतभन्दा कम जनमत भएकाहरू लोकतान्त्रिक प्रणाली, कार्यविधि र कानुनीबाटो बिना नै व्यवस्था परिवर्तनमा लागेको बताएका हुन्। 

राप्रपासहित राजावादीतर्फ इंगित गर्दै उनले भने, 'उनीहरूसँग पनि जनमत छैन। तिनीहरू मेक्सिमम् देआर अराउन्ड फाइभ पर्सेन्ट नट मोर देन द्‌याट। बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट, दे वान्ट टु चेन्ज सिस्टम एन्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसिडियर, कन्स्टिच्युसनल वे अर लिगल वे। दे वान्ट टु चेन्ज द गर्भमेन्ट। दे वान्ट टु क्याप्चर द पावर। त्यसो भएको हुनाले त्यस्ता कुराहरूको अलिकति संकेत देखा परेको छ। विभिन्न ठाउँहरूमा अराजकताहरू देखिएको छ।'

ओलीले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका गरे। भावनामा बग्ने खालको जमाना आएको भन्दै ओलीले मान्छेमा भएका असन्तुष्टिलाई बढावा दिएर अराजकहरूले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad