राजनीति


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मा केसीलाई

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मा केसीलाई

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १५:५४, काठमाडौँ

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन्। 

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो। 

विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।

त्रिभुवन विश्वविद्यालय ऐनमा उपकुलपति रिक्त रहे दैनिक कार्य सञ्चालनका लागि रेक्टरलाई बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ।

सो समयमा सहकुलपति एवं शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरी नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad