हङकङमा वायु प्रदूषण ह्वात्तै बढेको छ। उत्तरबाट आएको धुलोयुक्त हावाका कारण यहाँका धेरै जिल्लाले गम्भीर वायु प्रदूषण भोग्नुपरेको हो। यो अवस्था अझ बढ्न सक्ने अनुमान सम्बन्धित निकायको छ।
वातावरणीय संरक्षण विभागको वायु गुणस्तर स्वास्थ्य सूचकांकका अनुसार आइतबार बिहान १० बजेसम्म मध्य, पूर्वी र क्वुनतङ जिल्ला लगायतका सहरी क्षेत्रमा प्रदूषण ‘धेरै उच्च’ स्वास्थ्य जोखिमस्तरमा पुगेको छ।
विभागका अनुसार न्यु टेरिटोरिजका युनलङ, चुनमुन, ताइपो र उत्तरी जिल्लाहरूमा पनि स्वास्थ्य जोखिम ‘धेरै उच्च’ छ।
विभागले भनेको छ- उदाहरणकै रूपमा, ताइपोको ताइमेई टुकबाट लगभग ५ किलोमिटर टाढा मालिउ सुई र माओन शानको विपरीत किनार प्रदूषणको कारणले देख्न सकिएन।
हङकङमा वायु प्रदूषणबाट हुने स्वास्थ्य जोखिमलाई पाँच वर्गमा विभाजन गरिएको छ- कम, मध्यम, उच्च, धेरै उच्च र गम्भीर।
99
Shares

प्रतिक्रिया