राजनीति


कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : मन्त्री पौडेल

कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : मन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०८१ शनिबार १४:७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे। पौडेलले नेपाली कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे। 

‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो,’ उनको भनाइ छ, ‘आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन। कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालीरहेका छन्।’
|
सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको बताउँदै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको दाबी गरे।

‘विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरु प्रस्तुत गर्नसक्छौं,’ उनले भने, ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको छ। समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ? भारतको संसद नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो? शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ। तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन।’

उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको समेत उल्लेख गरे। २७५ को संसद्को संख्या घटाएर २०१ मा झार्नुपर्ने, प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने, पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने र संघीय मन्त्रीमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने उनको प्रस्ताव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad