पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको छ। बुधबार बिहानदेखि नै पूर्वी तराईका झापा, मोरङलगायतका जिल्लामा भारी वर्षा भएको हो।
देशका अधिकांश भूभागमा वर्षा नहुँदा प्रदूषण उच्चतहमा पुगेको छ। प्रदूषणका कारण जसले आँखा पोल्नेलगायतका समस्याहरू देखिएका छन्।
ठूलो पानी परेसँगै काठमाडौं उपत्यकालगायत प्रदूषण बढी भएका सहरबाट प्रदूषण हट्ने मौसमविदले बताउँदै आएका छन्।
तर, काठमाडौँ उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदूषण उच्च भएको सहरमा विश्वकै पहिलो स्थानमा छ। काठमाडौँमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
195
Shares

प्रतिक्रिया