राजसंस्थावादी नेता केशरबहादुर विष्टले अब संविधान च्यात्न तयार हुनुपर्ने बताएका छन्।
बुधबार डा. जगमान गुरुङ नेतृत्वको राजंस्था पुर्नस्थापनाका लागि आन्दोलन समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा उनले राप्रपा नेताहरु पनि अब संसद्मा बस्न आवश्यक नहरेको उल्लेख गरे।
‘अब संविधान च्यात्न तयार हुनुहोस्,’ विष्टले भने, ‘आदणीय राजेन्द्र लिङ्देनजीलाई अब संसद्मा बसेर केही फाइदा छैन।’
उनले प्रदेश चाहिदैन भनेर हिँड्ने अनि प्रदेशकै मासुभात खानु उचित नरहने तर्क गरे।
‘प्रदेशमा बसेर अब केही फाइदा छैन,’ विष्टको भनाइ छ, ‘प्रदेश चाहिँदैन भनेर हिँड्ने तर प्रदेशको मासुभात खाइदिने। पदमा बसेर मात्रै हुने होइन।'
276
Shares

प्रतिक्रिया