सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताएका छन्।
मंगलबार मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासो जवाफ दिँदै मन्त्री गुरुङले छिटो भन्दा छिटो राष्ट्र बैंकले गभर्नर पाउने बताएका हुन्।
उनले गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको जिकीर गरे।
गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्नेकुरा सत्य नभएको उनको भनाई थियो।
उनले डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने जिकिर गरे।
उनले भने, ‘गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी अर्थमन्त्रीजीको संयोजकत्वमा गठन गरेको हो। डा विजय भट्टराई र डा विश्व पौडेल हुनुहुन्छ। उहाँहरुले काम पनि गर्दै हुनुहुन्छ। गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्नेकुरा सत्य होइन। डेपुटी गभर्नर निलम ढुंगानाजीलाई कार्यवाहक तोकिदिएका छौँ। त्यसले काम त गरिहाल्छ। चाँडै भन्दा चाँडै पक्का गभर्नर पाउँछौँ।’
मन्त्री गुरुङले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै नरहेको र सरकारले ग्रे लिस्टबाट माथि उठ्नका लागि काम गरिरहेको बताए।
Shares

प्रतिक्रिया