मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। महाप्रसाद अधिकारी बिदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन्।
मन्त्रिपरिषद्ले गभर्नरका लागि ३ उम्मेदवार सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरे पनि अहिलेसम्म सिफारिस गरिसकेको छैन। समितिमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई छन्।
विदा लिँदै गभर्नरले सम्झिए राष्ट्र बैंकको स्वायत्ततामाथि सरकारको हस्तक्षेप
मन्त्रिपरिषद् बैठकपछि आजै साँझ पाँच बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सत्रौँ बैठक पनि प्रधामन्त्री कार्यालय सिंहदरबारमै बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
Shares

प्रतिक्रिया