राजनीति


विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकासमा पछाडि पर्‍यो: प्रधानमन्त्री ओली

विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकासमा पछाडि पर्‍यो: प्रधानमन्त्री ओली

नेपालखबर
चैत २३, २०८१ शनिबार १७:५२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताएका छन्। शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिक इतिहासमा नेपालको स्वाभीमान र गौरवपूर्ण इतिहास भएको बताए।

उनले विश्व सभ्यता र ज्ञानको खोजीमा विगतमा नेपाल अग्रणि भए पनि इतिहासका साशकले लादेको कुसंस्कारका कारण सयौँ वर्ष जहाँको त्यहीँ रोकिनुपरेको बताए। 

विगतमा औपनिवेशिक र सामन्ती प्रथाको राजनीतिक व्यवस्थाका कारण अन्धकारमा धकेलिनुपरेको उनको भनाइ छ।  

‘हामी गौरवपूर्ण इतिहासबाट आएका छौँ, स्वाभीमानपूर्ण इतिहासबाट आएका छौँ र त्यो इतिहास विश्वको सभ्यताको विकास,शिक्षाको विकास, ज्ञान र शिक्षाको विकासदेखि लिएर हरेक कुरामा हाम्रा पूर्वजहरु अरुभन्दा अगाडि थिए,' उनले भने, 'यो यथार्थ पृष्ठभूमिमा हामी केही समय पछाडि पर्‍यौँ, एउटा औपनिवेश युगका कारणले र अर्को सामन्ती प्रथाका कारण। हाम्रोमा कस्तो कस्तो उल्टो बुद्धिका शासकहरु आए। महिलाले पढ्न हुँदैन भन्ने खालका, जुन महिलाले वेदको रचना गरे त्यही महिलाले वेद पढ्न हुँदैन भन्ने आयो।'

अर्कोतिर छुवाछुतका कारण पनि लेख्न पढ्न नपाइने बनाइएको कारण विकासमा पछि परेको उनको भनाइ छ। 
'यसप्रकारको सीमितताले आधा जनसंख्यालाई प्यारालाइज गरिदियो। अर्कोतिर अछुत बनाएर पढ्न लेख्न नहुने बनाइयो अनि समाज कसरी अगाडि बढ्छ?,' उनले भने, 'यो बीचमा त्यस्तो प्रवृत्ति आएर विकासलाई रोक्ने काम भयो र हामी शदाब्दीऔँ जहाँको त्यहीँ रहन पुग्यौँ।’

ओलीले आर्थिक विकासका लागि कृषिलाई आधुनिकिकरण र मेसिनयुक्त बनाउनुपर्नेमा जोड दिए। 
गाउँमा रहेका ठूलो संख्याका नागरिकलाई रोजगारी सिर्जना तथा आम्दानी वृद्धिका लागि तालिम र साना लगानीका उद्योगमा सञ्चालनमा प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले सम्भावनाप्रति आशावादी भएर लाग्नु भन्दै नेपाल प्राकृतिक, खनिज र विभिन्न स्रोतका हिसाबले सम्भावना भएको मुलुक भएकाले समृद्धिका लागि आशावादी बन्नुपर्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad