राजनीति


घण्टी बजाएर चितवनबाट सुरु भयो रास्वपाको जनयात्रा

घण्टी बजाएर चितवनबाट सुरु भयो रास्वपाको जनयात्रा

नेपालखबर
चैत २३, २०८१ शनिबार १५:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा चितवनबाट सुरु भएको छ। आज शनिबार चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत जनयात्राको सुरु गरिएको हो। 

‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’नाम दिइएको भेलालाई उपसभापति डा.स्वर्णिम वाग्लेसहितले सामुहिक रुपमा घण्टी बजाउँदै सुरु गरे।  

देशमा व्याप्त भ्रष्टाचार, कुशासन, गलत नीति र विधिविरुद्धको लडाइँ सुरु भएको रास्वपाले जनाएको छ। 

आजको कार्यक्रम सभापति रवि लामिछानेले सुरु गर्ने भनिएको थियो। त्यसैले कार्यक्रम पनि उनकै निर्वाचन क्षेत्रमा राखिएको थियो। तर, लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले जिल्ला अदालतको फैसला बदर गर्दै थुनामा पठाउने आदेश दिएसँगै उनी सहभागी हुन पाएनन्। शुक्रबार थुनामा पठाउने आदेश आएसँगै राति नै उनलाई निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

पार्टीको घोषणाअनुसार चितवनबाट जनयात्रा शुभारम्भ गर्ने निर्णय भने लामिछानेकै अध्यक्षतामा चैत १८ मा बसेको बैठकले गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad