राजनीति


प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्री ओली स्वदेश फर्किए

नेपालखबर
चैत २३, २०८१ शनिबार १४:१८, काठमाडौँ

 प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिई शनिबार (चैत २३) स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अंगका प्रमुखले स्वागत गरे। प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका निम्ति इजिप्टका राजदूत र नेपालका लागि थाइल्यान्डका कार्यवाहक राजदूत विमानस्थल पुगेका थिए।

त्यसअघि, नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। थाइल्यान्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसी हित र चासोका विविधि विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए। त्यसअघि, प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार एवं राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भएका थिए। शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं उनले राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गरेका थिए।

प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृत राई समेत स्वदेश फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad