राजनीति


तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री

नेपालखबर
चैत २३, २०८१ शनिबार १४:२०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। 

शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने बताए। तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए।

उनले सबै कुरामा न्यायिक छानबिन जरुरी नरहेको बताए।  

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनमा दुईजनाको ज्यान गएको थियो भने केही घाइते भए। 

घाइतेमध्ये केहीको उपचार जारी छ भने सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड पनि भएको थियो।  प्रदर्शनमा उपस्थिति जनाएको राप्रपासहितले न्यायीक छानबिन समिति गठनको माग गरिरहेका छन् भने सत्तागठबन्धन दलका नेताहरू भने समिति नबनाउने पक्षमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad