नेपालको विद्युतीय सवारी साधनको इतिहासमै रिडडारा आरडी६ ४डब्लुडीले एनवाईईएफ मोटर र्याली अन्तर्गत मनाङ पुग्ने पहिलो ईभी पिकअपको गौरव हासिल गरेको छ।
एनवाईईएफको आधिकारिक सवारी साझेदारका रूपमा, सीजी मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको सयक्त पहलमा यो सफलता प्राप्त गरेको जनाएको छ।
कम्पनीले भनेको छ, ‘काठमाडौँ - मनाङ जाँदा बेसिसहरमा एकपटक मात्र चार्ज गरेर मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिडडाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण हो, जसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको छ।’

रिडडारा आरडी६ ४गुणा ४ ले ३ हजार ५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ। यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, आरडी६ ले न त पावर गुमायो, न त सन्तुलन।
४२४ कि.मि को रेन्ज, र ५९५ एनएम टर्कले एनवाईईएफ र्यालीको उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको देखियो। विशेषगरी, ९५ प्रतिशत ग्रेबिलिटीका कारण सो मार्गका तीव्र उकालाहरू सहज पार गर्न सफल भयो।

साथै, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले पथरीला र उचालिएका बाटाहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गर्यो। यस्ता कठिन परिस्थितिमा प्रदर्शन गर्नसक्ने क्षमताले आरडी६ लाई केवल शहरी प्रयोगका लागि होइन, अत्यन्त चुनौतीपूर्ण यात्राका लागि पनि उत्तिकै भरपर्दो बनाएको कम्पनीको भनाई छ।
रिडडाराको यो सफलताले केवल एउटा सवारीको सीमामा सन्देश दिएको छैन, यसले नेपालको भविष्य विद्युतीय गतिशीलतामा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको छ।
Shares

प्रतिक्रिया