सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए।
बिडारीका अनुसार उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ।
विदेशबाट आएका केही व्यक्तिहरु सिधै परिवारको सम्पर्कमा पुगेको भन्दै उनले क्वारेन्टिनमा राखिएका कतिपय व्यक्ति त्यहाँबाट भागेको पाइएकोले उनीहरुमाथि कारबाही गर्ने पनि बताएका छन।
प्रतिक्रिया