राजनीति


मधेसकेन्द्रित सात दलले घोषणा गरे ‘संघीय लोकतान्त्रिक मोर्चा’

मधेसकेन्द्रित सात दलले घोषणा गरे ‘संघीय लोकतान्त्रिक मोर्चा’

नेपालखबर
चैत २१, २०८१ बिहिबार १७:३३, काठमाडौँ

मधेस केन्द्रित सात दलले 'संघीय लोकतन्त्रिक मोर्चा घोषणा'  गरेका छन्। दलहरूद्ये बिहीबार काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा कार्यक्रम गरी मोर्चाको घोषणा गरेका हुन्। 

मधेस केन्द्रित सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन्। 

यसअघि माघ १८ गते सात दलले मोर्चाबन्दीका लागि कार्यदल गठन गरेका थिए। सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरू पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा गरेका हुन्। 

राष्ट्रिय मुक्ति पार्टीका केशव झाका अनुसार कार्यदलले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो।   

मोर्चाले नेपालको संविधान अपूर्ण, अधुरो, विभेदकारी र त्रुटिपूर्ण रहेकोले सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने गरी समयसांपेक्ष रुपमा संशोधन एवं परिमार्जन गर्न भरमग्दूर प्रयत्न गर्ने, मुलुकमा विद्यमान रहेका अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र र विचौलियातन्त्र जस्ता विकृति र विसंगतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउनका लागि जनजागरण तथा दबावमूलक कार्यक्रम अगाडि बढाउने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गराउन दबाब दिनेलगायत उद्देश्य र प्रतिबद्धता जनाएको छ।  

तराई मधेस पूर्वाधार विकास कार्यक्रम लागू गरी विकास निर्माणका कार्यलाई तिव्रता दिने र हुलाकी सडकलगायत राष्ट्रिय गौरवका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न गर्ने गरी योजना निर्माण गरी कार्यान्वयन गराउने, समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रिय सभामा समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारभित्र रहने व्यवस्था गराउन मानवीय विकासको सूचकांक र जनसंख्याको आधारमा विकास, निर्माण र सेवाका लागि बजेट वितरण गरिनुपर्ने लगायत २६ बुँदे मोर्चाका उद्देश्य तथा राजनीतिक प्रतिबद्धता रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad