राजनीति


प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावातबीच भेटवार्ता (तस्बिरहरू)

प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान शिनावातबीच भेटवार्ता (तस्बिरहरू)

नेपालखबर
चैत २०, २०८१ बुधबार १०:५५, काठमाडौँ

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी पे थोङ थान शिनावातबीच द्विपक्षीय भेटवार्ता छ।

थाइल्यान्डको बैंककमा उनीहरूबीच भेट भएको हो।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी भएका छन्।

त्यसअघि थाइल्यान्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावातले स्वागत गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएका छन्। यसैगरी, दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान गरिएको छ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुँदै छ।

त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुने कार्यक्रम छ।

प्रधानन्त्री ओलीले आजै थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकाे प्रयास (बिमस्टेक)काे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको बैंकक पुगेका थिए।  

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातकाे मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad