चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ। सुनसँगै चाँदी पनि आज सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हाे। हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो। यो सुनकाे अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
गएको शुक्रबारदेखि लगातार उच्च मूल्यको रेकर्ड बनाउँदै आएको सुनको भाउ आज थोरै सस्तिएको हो। हिजो प्रतितोला १८ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा महँगो बनेको थियो।
.
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो।
Shares

प्रतिक्रिया