राजनीति


रास्वपाका नेताले सभामुखलाई भेटेर सभापति लामिछानेको निलम्बन फुकुवा गर्न दबाब दिने

रास्वपाका नेताले सभामुखलाई भेटेर सभापति लामिछानेको निलम्बन फुकुवा गर्न दबाब दिने

नेपालखबर
चैत १९, २०८१ मंगलबार ८:३०, काठमाडौँ

सभापति रवि लामिछानेको निलम्बन फुकुवाको लागि दवाव दिन रास्वपाका नेताले आज सभामुख देवराज घिमिरेलाई भेट्दैछन्। 

सभापति लामिछानेसहित रास्वपा सांसदले मंगलबार बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सभामुखलाई भेट्ने तय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

‘हामीले एक महिनाअघि नै हाम्रा सभापतिको निलम्बन फुकुवाको लागि सभामुखलाई ध्याकर्षण पत्र बुझाएका थियौँ,’ झाले नेपालखबरसँग भने, ‘तर त्यो पत्रको सुनुवाई अहिलेसम्म भएको छैन। ठूलाठूला मुद्दा लागेकाहरु निलम्बन भएका छैनन्। तर हाम्रा सभापति लामो समयदेखि निलम्बनमा हुनुहुन्छ। यो जायज छैन। निलम्बन फुकुवाको थप पहलको लागि हामीले सभामुखलाई भेट्न लागेका हौँ।’

सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए। पार्टी बैठकको अध्यक्षतासमेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन्।

त्यसक्रममा पार्टी कार्यालयमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएकोसमेत बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad