राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बाहिरबाट आएका सबैको खोजी गरी क्वारेन्टिन राखेर स्वास्थ्य जाँच गर्नुुपर्ने बताएका छन्।
एकपछि अर्कोगर्दै विदेशबाट आएकाहरुमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिन थालेपछि संयोजक सापकोटाले उनीहरुको लागत निकाली अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नुपर्ने बताएका हुन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशबाट आएकाहरुको खोजीमा स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्ने र त्यतिले नपुगे कर्मचारी, स्वास्थ्य अधिकारी र सुरक्षाकर्मीलाई परिचालन गर्न आग्रह गरेका छन्। उनले त्यतिले नपुगे आफूहरु स्वयंसेवक बन्न तयार रहेको बताएका छन्।
‘स्थानीय प्रतिनिधिी कर्मचारी, स्वास्थ्य अधिकारी, परिचालन गरौं, नपुगे सुरक्षा संयन्त्र खटाउॅ, अझ नपुगे भोलन्टियर हामीजस्ता युवा विद्यार्थीहरूले दिन्छौं। मेडिकल शिक्षाका विद्यार्थीहरू पनि छन्’, अध्यक्ष सापकोटाले फेसबुमा लेखेका छन्, 'युद्दस्तरमा काम गरौं, ३/५ दिनभित्र लगत निकाल्न सकिन्छ।’
उनले राज्यले उपचारको प्रबन्ध गरिरहेहेको र उपचाररत र अस्पताल पुगेकाहरूलाई हीनता नहुने गरी उपचारको प्रबन्ध गर्न आग्रह गरेका छन्। उनले स्वास्थ्यकर्मीहरूलाई सुरक्षा अनुभूति दिलाउन र स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्न समेत माग गरेका छन्।
अध्यक्ष सापकोटाले सरकार, दलीय संयन्त्र, सक्रिय युवा र विद्यार्थी राजनीतिकर्मीको सर्वदलीय र सर्वपक्षीय कार्यदल बनाउन समेत आग्रह गरेका छन्। ‘केन्द्रमा सरकारसबै संयन्त्र दलिय, सक्रिय युवा÷विद्यार्थी राजनीतिकर्मीहरूको सर्वदलीय र सर्वपक्षीय एउटा परिचालन कार्यदल बनाऔं’, उनले लेखेका छन्, ‘यो लडाईइँ पूर्वाग्रह नराखी अब सम्हालौं, यसरी मात्रै यो युद्ध जितिन्छ।’
Shares

प्रतिक्रिया