राजनीति


तीनकुनेमा सरकारले दमन गरेको राप्रपाको ठहर, मृतकलाई सहिद घोषणा गर्न माग

तीनकुनेमा सरकारले दमन गरेको राप्रपाको ठहर, मृतकलाई सहिद घोषणा गर्न माग

नेपालखबर
चैत १६, २०८१ शनिबार १८:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमाभएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न माग गरेको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा प्रदर्शनका क्रममा मृत्यु भएका दुईजनालाई सहिद घोषणा गर्न माग गरे।

उनले भने, ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छौँ।’

शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको थियो।

राप्रपाले घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने ठहर गरेको उनले बताए।

आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार नै दोषी रहेको अध्यक्ष लिङ्देनको जिकिर छ।

‘हिजो जे घटना भयो, त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भने छन्, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad