राजनीति


संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख

संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख

प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख देवराज घिमिरे।


नेपालखबर
चैत १५, २०८१ शुक्रबार ११:६, काठमाडौँ

सभामुख देवराज घिमिरिले अहिले बानेश्वरस्थित संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख घिमिरेले संसद्‌का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्। 

प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख देवराज घिमिरे।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ। 

सोही विषयमा विपक्षी दलहरूले बुधबारदेखि लगातार संसद् बैठक अवरुद्ध पारिरहेका छन्। 

सत्तापक्ष र प्रतिपक्षको अडानका कारण बिहीबार बस्न नसकेको प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। 

यस्तै बिहीबार केही बेर बसेर अवरुद्ध राष्ट्रिय सभाको बैठक पनि आजका लागि बोलाइएको छ। 

तर कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिनैपर्ने र प्रधानमन्त्री नदिने अडानका कारण आज पनि दुवै सदनका बैठक अन्योलमा देखिन्छ। 

सरकारले चैत ११ गते कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको हो। 

चार महिनामात्रै कार्यकाल बाँकी रहेका कुलमानलाई सरकारले अपमानपूर्ण ढंगले हटाएको भन्दै प्रतिपक्षी दलहरूले सरकारको जवाफ माग गरिरहेका छन्। 

आफूलाई हटाउने निर्णयविरुद्ध कुलमानले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। जसको प्रारम्भिक सुनुवाइका लागि आज सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलास तोकिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad