राष्ट्रियसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका हुन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पटकपटक बसेर सभा सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक बिहीबार मध्याह्न १२:१५ मिनेटमा बस्ने गरी स्थगित भएको सूचना सुनाए।
आजै प्रतिनिधिसभा बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। अवरोधपछि नियमित कार्यसूचीमा प्रवेश नै नभई भोलि बिहीबार बिहान ११ बजेसम्मका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको सूचना सुनाएका थिए।
48
Shares

प्रतिक्रिया