नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक 'म र मेरो सानोबुबा (आत्मकथा)' को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको उनको भनाइ थियो। राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना सधैँ रहिरहेको पनि उनले प्रस्ट्याए।
'ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ। उहाँ र म जेलमा सँगै बसेको हो। उहाँ त जेलभित्रको पनि जेलमा बस्नुभएको हो,' उनले भने, 'हाम्रो राजनीति आफ्नो ठाउँमा छ। हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ। हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ। अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन। कांग्रेसको पूर्ण समर्थन छ।’
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले कुलमानलाई दोस्रोपटक नियुक्ति दिएर गल्ती गरेको भन्दै देउवाको आलोचना गरेका थिए।
कुलमानलक्षित ओलीको टिप्पणी: नियुक्तिको भोलिपल्ट चिम ल्याएर लोडसेडिङ अन्त्य भएको होइन
Shares

प्रतिक्रिया